दुर्घटनाका घाइतेको उपचार गर्न सरकारलाई ओलीको आग्रह
काठमाडाैं | चैत ६, २०८०
काठमाडौ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको छिटो उपचारको प्रबन्ध गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गर्नुभएको छ ।
उहाँले दुर्घटनामा ज्यान गुमाउने यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
हिजो पूर्वीरुकुमबाट काठमाडौँतर्फ आउँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा नौ जनाको ज्यान जानुका साथै २८ जना घाइते भएका छन् ।
यो पनि पढ्नुहोस
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...


